काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमालेख पुनर्जागरणमा छुट दिने भएको छ । कम्पनीले पुनर्जागरण गराउने बीमितहरूलाई लाग्ने ब्याजमा छुट प्रदान गर्ने भएको हो ।

कम्पनीले असार ७ गतेदेखि २४ गतेभित्र पुनर्जागरण गराउँदा बीमितलाई लाग्ने ३५ प्रतिशत ब्याज छुट दिने भएको हो ।

बीमितहरुलाई यस अवसरको सदुपयोग गरि आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले अनुरोध गरेको छ ।

साथै यो सुविधा बीमा अवधिभरि एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।

No description available.