काठमाडौं । सी.जी.मोटर्सको सहभागीता रहेको नाडा अटो शो मा विभिन्न ब्राण्ड गरी ८ वटा स्टल प्रदर्शनमा राखिएको छ। उक्त शो को पहिलो दिनमा नै सी.जी.मोटर्सले २७ वटा बुकिङ्ग प्राप्त गर्न सफल भएको छ।
सी.जी.मोटर्सले नेपाली बजारमा नाडा अटो शो मार्फत नै सार्वजनीक गरेको AVATR11 को ३ वटा बुकिङ्ग पहिलो दिनमा नै भएको छ र आगामी दिनहरुमा पनि राम्रो बुकिङ्ग आउने कम्पनीको अनुमान छ।
त्यसैगरी नाडा मार्फत नै सार्वजनिक गरिएको RIDDARA RD6 को ५ वटा बुकिङ्ग प्राप्त गर्न कम्पनी सफल रहेको छ र यो सँगै नाडा मार्फत नै सार्वजनिक गरिएको ह्एभ्ल्न् को ६ वटा बुकिङ्ग प्राप्त भएको छ।
नेपाली बजारमा लोकप्रिय रहेको ल्भ्त्ब् ख् को पनि ६ वटा बुकिङ्ग प्राप्त भएको छ भने नाडामा नै सार्वजनिक गरिएको NETA V मोडलको पहिलो दिनमा ७ वटा बुकिङ्ग प्राप्त गर्न कम्पनी सफल रहेको छ।
यसरी पहिलो दिनमा २७ वटा बुकिङ्ग प्राप्त गर्न सफल रहेको सी।जी। मोटर्सले नाडा अटो शो को अन्त्यसम्ममा आफ्ना विभिन्न ८ वटा ब्राण्डहरु मार्फत २०० वटाभन्दा धेरै बुकिङ्ग हासिल गर्ने कम्पनीको अनुमान रहेको छ।
AVATR विश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनीCHANGAN, टेक्नोलोजीमा अग्रणी कम्पनी HUAWEI र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी CATL को साझेदारीमा उत्पादन भएको ब्राण्ड हो।AVATR 11 प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरीयस र फ्युचुरीस्टिक एस.यु.भि.हो भने उक्त गाडी एक फुल चार्जमा ६८० किलोमिटरसम कुद्न सक्ने क्षमता राख्दछ। AVATR 11 मा 190kW को मोटर जडित छ भने 90kWh र 116kWh को ब्याट्री गरी नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध हुनेछ। इच्छुक ग्राहकहरुले नाडा अटो शो को स्टल नम्बर ज्ज्ञघ मार्फत थप जानकारी पाउन सकिने कम्पनीको भनाइ छ ।
नाडा अटो शो को स्टल नम्बर न्ज्ञद्द मा रहेको G12 को रहेको XPENG को G6 मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने उक्त गाडीले एक फुल चार्जमा ४३५ किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दावी रहेको छ। ज्ञढण्पध् को मोटर र टटपध् को ब्याट्री रहेको 190kW को मोटर र 66kW को ब्याट्री रहेको XPENG G6 ले 215kW सम्मको डि.सि.फास्ट चार्ज सपोर्ट गर्छ भने १० प्रतिशत बाट ८० प्रतिशत सम्म चार्ज गर्न मात्रै २० मिनेट लाग्नेछ।
त्यसैगरी नाडा अटो शो को स्टल नम्बर A9 मा रहेको RIDDARA ले नेपाली बजारमा RIDDARA RD6 सार्वजनिक गरेको हो। 63kWh को ब्याट्री र 200kW को पिक मोटर पावर रहेको RIDDARA RD6 ले ३७७ किलोमिटरको रेञ्ज प्रदान गर्नेछ।
NETA ले नयाँ मोडल, NETA X स्टल नम्बर A3 मा रहेको छ र ग्राहकहरुले उक्त स्टलबाट NETA X को अनुभव लिन सक्नेछन्। कम्पनीले दाबी गरेको ५०० किलोमिटरको रेञ्ज सहित NETA X मा ८ वर्ष वा १८०००० किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी पाउन सकिने छ। CATL को ब्याट्री जडित NETA X लाई फुल चार्ज गर्न ९ घण्टा लाग्दछ भने फास्ट चार्ज मार्फत उक्त गाडीलाई ३० मिनेटमै चार्ज गर्न सकिनेछ।








