काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमालेखको नवीकरण शुल्क भुक्तानीमा शत प्रतिशत छुट दिने भएको छ । कम्पनीले असार ११ देखि २८ गतेभित्र नवीकरण गर्ने अभिकर्ताको बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको हो ।
कम्पनीले असार ११ देखि २८ गतेभित्र नवीकरण गरेमा बिलम्ब शुल्कमा शतप्रतिशत छुट हुने हुँदा आफ्नो व्यतित बीमालेख पुनर्जागरण गरी सुनौलो मौकाको फाइदा लिन पनि आग्रह गरेको छ ।
बीमालेख अवधिभित्र १ पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।