काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले ‘आरबीबी म्युचुअल फन्ड–२’ का इकाइहरु सूचीकृत गरेको छ । आज (सोमबार) नेप्सेले आरबीबी मर्चेन्ट बैंकिङको सामूहिक लगानी कोष योजनाअन्तर्गत सञ्चालित हुने सो फण्डलाई सूचीकृत गरेको हो ।

आज नेप्से र आरविवि मर्चेन्ट बैंकिङ बीच प्रति इकाई मूल्य १० रुपैयाँ दरका ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई सामुहिक लगानी कोष आरविवि म्युचुअल फण्ड २ सूचिकरण गर्ने सम्झौता भएको हो ।

यो योजनाका कुल १२ करोड इकाइ बिक्री खुला गरिएकोमा वितरण गरिएको ८ करोड ४६ लाख ११ हजार ९२९ इकाइ नेप्सेमा सूचीकृत भएको हो ।

उक्त योजनाका इकाइहरु भोलि मंगलबारबाट कारोबारमा आउने भएका छन् ।