काठमाडौंः आज शुक्रवार संघीय संसद् अन्तर्गत चार समितिको बैठक बस्ने समय निर्धारण भएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आज विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने भएको छ। बैठक समितिको कार्यकक्ष सिंहदरबारमा बिहान ११ बजे बस्ने भएको छ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकनसम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ । यो बैठक पनि बिहान ११ बजे नै बस्नेछ।
बैठकमा कार्य परामर्श उपसमिति पुनर्गठन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको (संयुक्त) बैठक दिउँसो १ बजे बस्नेछ।
बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने कार्यसूची छ।






