काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपितहरुलाई अदालतले हिरासतमा राख्न अनुमति दिएको छ । सो प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित चार जनालाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न अरोपितहरुलाई हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएका हुन् ।
बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा
ब्यूरोले मंगलबार सात जनालाई पक्राउ गरेको थियो । जसमध्ये तीन जनालाई कागज गराएर रिहा गरेको छ ।