काठमाडौं । एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटल मार्केट्सकाे एकीकृत कारोबार आजदेखि हुने भएकाे छ । मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गरेर एनआईबिएल एस क्यापिटलले आजदेखि एकीकृत कारोबार सुरु गरेको हाे ।
प्राप्ति प्रक्रिया पूरा गरी एनआईएमबि एस क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो । प्राप्तिपश्चात साबिकको एनआईबिएल एस क्यापिटलको नाम एनआइएमबि एस क्यापिटल लिमिटेड हुने गरी परिवर्तन गर्न कम्पनी रजिस्ट्रारको कार्यालयबाट गत असार ११ गते स्वीकृति प्राप्त भइसकेकोे थियो ।
दुवै संस्थाको गत जेठ २९ गते सम्पन्न विशेष साधारणसभाले एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटललाई प्राप्ति गर्ने पारित प्रस्ताव पारित गरेको थियो ।
प्राप्तिपश्चात कम्पनीको चुक्तापुँजी ४७ करोड हुने, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालय र ५५ वटा भन्दा बढी कम्पनीको सेयर रजिस्ट्रार कार्यमार्फत करिब २५ लाखभन्दा बढी सेयरधनीलाई सेवा प्रदान हुने भएको छ।