काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा सविना आले मगर विरुद्ध पक्राउ पुर्जी भएको छ ।
काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई सन्धान गर्नका लगि अनुमति दिएको प्रहरी स्रोतले जनाएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्यको रूपमा आबद्ध रहेकी सविना माओवादी (केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव दीपेश पुनकी श्रीमती समेत हुन् ।
सो सहकारीको अपचलनबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।
स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा काठमाडौँ प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसहित २४ जनाविरुद्ध अनुसन्धान गरिरहेको छ ।
दीपेश पुनः पनि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका हुन् ।






