काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि ‘डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ।

डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरुले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्नेछन्। ‘डिसेम्बर डिलाइट’ अन्तर्गत, ग्राहकहरुले ६ लाख रूपैयाँसम्मको छुट, ५ लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस र एक वर्षको बीमा सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

त्यस्तै, यस अभियानमा जिरो कस्ट ओनरसीप प्लान रहेको छ, जसमा ग्राहकहरुले आफूलाई मनपर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन्। साथै ३ वर्षको निस्शुल्क चेकअप, गाडी मर्मत सामाग्रीहरु तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ।

देशभरका सोरुमहरुमा उपस्थित भइ यस अभियानको फाइदा उठाउन पनि कम्पनीले सबै ग्राहकहरुलाई अनुरोध गरेको छ।