काठमाडौं । मेटलाइफ नेपालले डिसेम्बर ५ मा आफ्नो २३ औं वार्षिकोत्सवको अवसर मा आफ्ना ग्राहकहरूको लागि दुई दशकभन्दा बढी विश्वास, समर्पण र सेवाको सफलतालाई भव्य रुपमा मनाएको छ ।
यो उपलब्धिले अग्रगामी बीमा उत्पादनहरू र समाधानहरू मार्फत नेपाली परिवारहरूलाई उज्ज्वल भविष्य सुरक्षित गर्न मद्दत गर्ने मेटलाइफको अटल प्रतिबद्धता झल्काउँछ । एलेना बुटारोभा, बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफ प्रमुखले, विशेष उत्सवको नेतृत्व गर्न काठमाडौंको भ्रमण गरेका थिए । मेटलाइफका कर्मचारीहरू र उनीहरूका परिवारहरूको उपस्थितिमा गत हप्ता काठमाडौंमा भव्य वार्षिक पारिवारिक कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा मेटलाइफका कर्मचारीहरूको कम्पनी प्रतिको समर्पणलाई सम्मान गरिएको थियो, जसको प्रयासले कम्पनीको सफलतामा महत्वपूर्ण भूमिका खेलेको छ । कम्पनीको वार्षिकोत्सवको अवसरमा मेटलाइफ नेपालले आफ्नो अभिकर्ताह?का लागि एजेन्सी र व्यवसाय सञ्चालनहरूलाई सुदृढ पार्न मद्दत गर्ने उद्देश्यका साथ “माई एजेन्सी एप“ सार्वजनिक गरेको छ । एपले अभिकर्ताह?लाई बीमा योजना र अनुप्रयोगहरू व्यवस्थापन गर्न र ग्राहकहरूसँग नजिकको सम्बन्ध बनाउन अझ सजिलो बनाउँनेछ ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, “यो उपलब्धि हाम्रा ग्राहकहरूले हामीमाथि राखेको विश्वास र हाम्रा कर्मचारीह? र अभिकर्ताह?को समर्पणको प्रमाण हो । हामीले नेपालमा २३ वर्षको वार्षिकोत्सव मनाउँदै गर्दा, हामी हाम्रा ग्राहकहरूलाई आत्मविश्वासका साथ आफ्नो भविष्य सुरक्षित गर्न सशक्त बनाउने समाधानहरू नवप्रवर्तन र वितरण गर्न प्रतिबद्ध छौं ।
मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।





