काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ। प्रसाईँले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको हो ।
मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरिदिएको हो । रिट खारेज भएसँगै प्रसाईँले ऋण लिएका बैंकलाई ऋण असुलीको बाटो खुला भएको छ । बैंकले ऋण असुल गर्न ताकेता गरेपछि ऋण नतिर्ने अभियान सञ्चालन गरेका प्रसाईँले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए ।
कुमारी बैंकको बिर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईँको पक्षबाट टीकाराम अधिकारीले रिट दाएर गरेका थिए । प्रसाईँले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार वटा बैंकबाट २ अर्बभन्दा बढी ऋण लिएका छन् ।






