काठमाडाैं । सबैभन्दा विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले बहुप्रतिक्षित ११ प्रो सिरिज ५ जी नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ । रियलमी ११ प्रो सिरिज ५जी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो जसले फोटोग्राफीमा रुचि राख्नेहरुका लागि एउटा नयाँँ स्तर निर्धारण गरिदिएको छ ।
नयाँँ रियलमी ११ प्रो ५जी को क्यामरा मात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको छ । प्रसिद्ध ब्रान्ड गुच्चीका पुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५जीको डिजाइन गरिएको हो ।
उत्कृष्ट लिची लेदर ब्याक र सुन्दर लेसले वरिपरी घेरिएको यसको क्यामराले आखाँलाई लोभ्याउँछ । फेसनका लागि प्रसिद्ध मिलानको शैलीबाट प्रेरित यो डिजाइनले प्राचिन वास्तुकलामा सूर्यको किरण पर्दा आउने सुनौलो चमकलाई प्रतिनिधित्व गर्दछ। यसका डिजाइनर म्याट्टिओ मेनोट्टो गुच्चीका उत्कृष्ट प्रिन्टहरुका लागि चिनिन्छन् । उनले भने, ‘मेरो हृदयमा मिलानको विशेष स्थान रहेको छ र यो ठाउँले मलाई अनन्त प्रेरणा प्रदान गरेको छ । रियलमी ११ प्रो ५जीको डिजाइनमा मैले मिलानको सौन्दर्य र कालजयी आकर्षणलाई कैद गर्न खोजेको थिएँ । यसको लेस–जस्तो स्ट्रिपले मिलानी फेसनको मिहिनतालाई प्रतिनिधित्व गर्दछ भने लिची लेदरको ब्याकले विलासिता र परिष्कारको झलक दिन्छ ।’
१०० एमपिको क्यामरा, लक्जरियस डिजाइन, ५०० एमएएच ब्याट्री र १०० वाट सुपरभोक चार्जरको साथ रियलमी ११ प्रो ५जी एक अलराउन्डरको रूपमा आएको छ । २० हजार लेभलको अटोमेटेड ब्राइटनेस एडजस्टमेण्ट भएको यो फोनमा १२० हर्जको कभ्र्ड भिजन डिस्प्ले पनि रहेको छ । त्यस्तै यसमा भएको २१६० हर्जको डिमिङ फ्रिक्वेन्सी यो सेग्मेन्टको सबैभन्दा उच्च डिमिङ फ्रिक्वेन्सी हो ।
रियलमी ११ प्रो ५जीको प्रिमियम डिस्प्ले सेटअप रियलमी ११ प्रो+ ५जीको जस्तै छ । यसको १२० हर्जको कभ्र्ड भिजन डिस्प्लेमा विश्वकै पहिलो २१६० हर्जको पल्स विड्थ मोड्युलेसन डिमिङ रहेको छ । साथै यसमा २०,००० लेभलको अटोम्याटिक ब्राईट्नेस एडजस्ट्मेण्ट, सनलाइट स्क्रिन र टियुभि रेनल्यान्ड जस्ता फिचरहरु रहेका छन् । यी फिचरहरुले प्रयोगकर्तालाई चलाउँदा सहज हुनुको साथै आँखामा पनि आराम दिन्छन्, जसले गर्दा यो फोनले दुईवटा विशिष्ट आई प्रोटेक्सन पुरस्कारहरु पनि पाएको छ ।
दमदार प्रदर्शन, कम पावर खपत, र पर्याप्त स्टोरेजले रियलमी ११ प्रो ५ जीलाई एक वास्तविक फ्ल्यागशिप स्मार्टफोन बनाएको छ । यसमा डाइमेन्सिटी ७०५० ५जी प्रोसेसर, १२ जीबी र्याम, र २५६ जीबीको इन्टर्नल स्टोरेज रहेको छ । ६७ वाट् सुपरभोक चार्ज, ५००० एमएएच ब्याट्री, रियलमी युआई ४.०, र डल्बी पानोरामा डुअल स्पिकरहरुले फोनको युजर एक्स्पिरिएन्स अझै निखारेका छन् ।
रियलमी ११ प्रो ५ जी सनराइज बेज, ओएसिस ग्रीन, र एस्ट्रल ब्ल्याक जस्ता आकर्षक तीन रंगहरुमा उपलब्ध छ । १०० एमपी डिरेक्ट आउटपुट, २ एक्स् लसलेस जुम, अटो–जुम मोड, सुपर नाइटस्केप मोड, र स्ट्रीट फोटोग्राफी मोड ४.० जस्ता फिचरहरुले रियलमी ११ प्रो लाई झनै उत्कृष्ट बनाएका छन् ।