काठमाडौं । नो केबलकार समूह’ का अगुवा प्रदिप मादेन पक्राउ परेका छन् । मादेनलाई प्रहरीले सदरमुकाम फुङलिङको कोप्चेबाट आज पक्राउ गरेको हो।

गत माघ १२ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र त्यस दिनको हुलहुज्जतको नेतृत्व गरेको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

मादेन पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजक पनि हुन्। पाथीभरामा भएको झडपको विषयलाई लिएर मेची राजमार्ग र तमोर करिडोर यातायात बन्दको आव्हान गरिएको छ।