काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५+ र ग्यालेक्सी एस२५ स्मार्टफोनहरूको प्रि–अर्डर प्रारम्भ भएको घोषणा गरेको छ ।

काठमाडौँमा बिहीबार आयोजना गरिएको समारोहमा सामसङ नेपालका निर्देशक प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१६ अश्मी श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिजको अनावरण गरेका हुन् । ग्यालेक्सी एस २५+ सिरिजको प्रि–अर्डर अफर आजदेखि सुरु भएको छ । यो फाल्गुन १ गते सम्म सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुनेछ ।

प्रि–अर्डर गर्ने ग्राहकहरूले ग्यालेक्सी एस २५ अल्ट्रा खरिद गर्दा १२/२५६ जीबीबाट १२/५१२ जीबी मेमोरी अपग्रेड वा ग्यालेक्सी बड्स३ प्रो, जसको मूल्य रु ३१,९९९ रहेको छ, मात्र रु १४,९९९ मा प्राप्त गर्न सक्नेछन् र साथै, रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १,५०० मा प्राप्त गर्न सक्ने छन् ।

ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ बेस प्रि–अर्डर गर्दा ग्राहकहरूले रु ३१,९९९ मूल्य रहेको ग्यालेक्सी बड्स ३ प्रो रु १४,९९९मा र रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १,५०० मा प्राप्त गर्न सक्ने छन् । सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक पटकको १ वर्षको ब्रेकेज इन्स्योरेन्स उपलब्ध गराएको छ । यसैगरी, ग्यालेक्सी एस२५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकहरूले सबकोफोन र आर्कोस्टोर मार्फत आफ्नो पुरानो फोन एक्सचेन्ज गर्न सक्नेछन् ।

देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालन गरिएको सामसङ इनस्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले रु ५२५० प्रति महिनादेखि सुरु हुने ० प्रतिशत ब्याजदरमा सरल ईएमआईमा नयाँ फोन प्राप्त गर्न सक्नेछन् ।