काठमाडौं। अमेरिकाका एकजना करोडपतिले आफ्नो एन्टी एजिंग अर्थात् बुढ्यौली प्रतिरोधी प्लाज्मा दान गर्ने इच्छा प्रकट गरेका छन् ।

बुढ्यौली रोक्नका लागि प्लाज्मा थेरापी गरिरहेका उनले बुुढ्यौली रोक्नका लागि जोडतोडका साथ प्रयास गरिरहेका थिए । अमेरिकी करोडपति ब्रायन जोनसनले आफ्नो बुढ्यौली प्रतिरोधक थेरापीका लागि अहिले आफ्नो छोराको प्लाज्माको उपयोग गर्न बन्द गरेको दाबी गरेका छन् ।

जोनसन एक प्रविधि उद्यमी हुन् । उनले आफ्नो १७ वर्षीय छोरा टेल्मेज र ७० वर्षीय पिता रिचार्डको प्लाज्मा समेत प्रत्यारोपण गरेर विश्वकै पहिलो बहुपुस्ता प्लाज्मा आदानप्रदानमा सामेल गरेका थिए ।

के हो प्लाज्मा आदानप्रदान ?
प्लाजमा दान गर्ने प्रक्रियामा सुरुमा टेल्मेजको सरीरबाट एक लिटर रगत निकालिन्छ । त्यसपछि उक्त रगतलाई प्लाज्मा, राता रक्तकोष, सेता रक्तकोष र प्लेटलेट्समा विभाजन गरिन्छ । त्यसपछि रगतबाट निकालिको उक्त प्लाज्मालाई अर्काको सरीरमा राखिन्छ ।

तथापि जोनसनले अब यो प्रक्रियालार्य पूर्णरुपमा परिवर्तन गरेका जनाएका छन् । अहिले आफुले पूर्ण प्लाज्मा आदानप्रदान विधि अपनाएको उनको भनाई छ । टोटल प्लाज्मा एक्सचेन्ज प्रक्रियामा सरीरबाट सबै रगत निकालिन्छ । रगतबाट प्लाज्मा छुट्टाइन्छ। त्यसपछि प्लाज्मालाई ५ प्रतिशत एल्बुमिन र क्ष्ख्क्ष्न् मा परिणत गरिन्छ ।

यसैबीचमा जोनसनले उक्त प्लाज्मा आफुले खुसीसाथ सित्तैमा दान गर्न चाहेको पनि बताएका छन् ।

जोनसन आफ्नो अनौठो खालको स्वास्थ्य सम्बद्ध दिनचर्याका कारण जोनसन यसअघि पनि पटक पटक चर्चामा आउने गरेका छन् । मानिसहरुले बुढ्यौली रोक्नका लागि कहिले छोराको, कहिले बाउको र कहिले आफ्नै रक्तप्लाज्माको प्रत्यारोपण गर्ने उनको क्रियाकलापलाई सनकपूर्ण प्रयोग भएको टिप्पणी समेत गरेका छन् ।