शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ६१.७७ प्रतिशतले थोरै हो । गत वर्ष यसले १४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो । अर्थतन्त्रमा देखिएको संकुचनका कारण कम्पनीको नाफामा गिरावट आएको हो।

समिक्षा अवधिमा कम्पनीको ब्यापार ११.८८ प्रतिशतले घटेर ३ अर्ब १० करोड रुपैयाँमा झरेको छ । गत वर्ष कम्पनीले ३ अर्ब ५१ करोढ रुपैयाँको ब्यापार गरेको थियो । कम्पनीको अन्य आम्दानी पनि २७.९७ प्रतिशत घटेको छ ।

५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब १५ करोड रुपैयाँ देखिएको छ । यसको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २.०८ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १७५.३१ रुपैयाँ रहेको छ ।