फाइल फोटो
काठमाडौँ । शिवरात्रिको समयमा बागमती नदीमा पानीको बहाव बढाउनका लागि मेलम्चीको पानी नदीमा छोडिएको छ ।
पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी छाडिएको हो। मेलम्ची खानेपानी विकास समितिका अनुसार बागमतीमा मेलम्चीको पानी प्रतिसेकेन्ड करिब एक हजार लिटर बगाइएको छ ।
“हामीले अरू समयमा पनि छ सय लिटर प्रतिसेकेन्ड खोलामा पानी बगाउने गरेका थियौँ। आयोजनाको क्षमता १७ करोड भनिए पनि अहिले हामीले २३ करोड लिटर खानेपानी प्रतिदिन ल्याएका छौँ। त्यसमध्ये २० करोड उपभोक्तालाई वितरण गरेर बाँकी तीन करोड नदीमा बगाउँछौँ”, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले भने,
बिहीबार बिहान ८ बजेसम्म शिवरात्रिका लागि पानी बगाइने छ। गत वर्षको शिवरात्रिमा एकीकृत बागमती सभ्यता विकास समितिअन्तर्गत बागमती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी बागमती नदीमा बगाएको थियो।