काठमाडौँ। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा १ अर्ब ७९ करोड ८५ लाख ७८ हजार रुपैयाँ बरबरको आवेदन परेको छ।
सीडीएस एन्ड क्लियरिङका अनुसार, (आज)चैत १ गते साँझ ५ः०५ बजेसम्ममा १४ लाख ८० हजार ५७८ जना सर्वसाधारण आवेदकहरूले १ करोड ७९ लाख ८५ हजार ७८० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन मागभन्दा १२.८१ गुणा बढी हो ।
ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो। यस आइपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिने छ ।
न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। सर्वसाधारणले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन्। आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
सर्वसाधारणले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।