काठमाडौँ । गत साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो साता २७३६.४८ विन्दुमा बन्द भएको नेप्से, गत साता २.४५ प्रतिशत अर्थात् ६७.१७ अंक घटेर २६६९.३१ विन्दुमा झरेको छ।
गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। ती सबै दिनहरूमा नेप्से घटेर बन्द भएको थियो । गत साता बजारमा बिक्रीकर्ता हाबी भएको देखिएको छ । गत साता नेप्सेको भोल्यूम पनि कमजोर रहेको छ।
गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब २६ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ९ अर्ब ३४ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ४३.६८ प्रतिशत कम हो।
गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ र यी दुबै रेखाहरु बीचको दूरी फराकिलो रहेको छ। त्यस्तै, हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता बजारमा बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।
गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा झरेको छ। यसले साताभरमा बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ । उसो गत साता शेयर बजारमा निरन्तर गिरावट आएको भए पनि यस साता शेयर बजारमा सुधार आउने जानकारहरूको भनाई छ।
नेप्सेले कहिलेकाहीँ लामो समयसम्म करेक्सनको बाटो पक्रिने भएको कारण बजारमा बिना कारण लामो समयसम्म गिरावट देखिएको तर दीर्घकालीन रूपमा भने गिरावटको अवस्था नरहेको जानकारहरूको भनाई छ ।







