काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा निर्जीवन बीमकहरुले साढे २८ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्  ।

नेपाल बीमा प्राधिकरणले आइतवारसाझँ सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेको १४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकले २० लाख ७३ हजार ४६३ वटा बीमालेख जारी गर्दै फागुनसम्ममा २८ अर्ब ६० करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल व्यापारमा मोटर बीमा मार्फत ८ अर्ब ६० करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो कुल व्यापारको सर्वाधिक हिस्सा अर्थात्  मोटर बीमामार्फत ३०.०६ प्रतिशत हिस्सा हो।

त्यस्तै, सोही अवधिसम्ममा सम्पत्ति बीमामार्फत बीमा कम्पनीले ७ अर्ब १६ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। सम्पत्ति बीमाको हिस्सा कुल व्यापारमा २५.०५ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । साथै, इन्जिनियरिङ तथा ठेक्का बीमामार्फत कम्पनीहरूले ४ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका

८ महिनाको अवधिको अवधिमा बीमा कम्पनीहरूले सामुद्रिक बीमातर्फ १ अर्ब ६६ करोड ४३ लाख रुपैयाँ, हवाई बीमातर्फ १ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ, पशुपन्छी तथा कृषि बीमातर्फ १ अर्ब ९ करोड १७ लाख रुपैयाँ र लघु बीमातर्फ ५९ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकम उल्लेख छ ।