काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड नेपालका प्रतिष्ठित र ठूला विकास बैंकहरुमध्ये एक हो, जसले २९ वर्षभन्दा बढीको इतिहासमा बैंकिङ क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ । बलियो आधार, स्पष्ट दृष्टिकोण र अगाडि बढ्ने प्रतिबद्धताले महालक्ष्मी विकास बैंक प्रतिस्पर्धी बजारमा अगाडि बढ्दै आएको छ ।

महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त  ISO 9001: 2015 प्रमाणित कम्पनी समेत बनेको छ । गुणस्तर व्यवस्थापन प्रणाली (Quality Management System)    मा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम  मिति २०८१ साल श्रावण ३२ (सन् २०२४ अगष्ट १६)  देखी लागु हुने गरी बैंक प्रमाणित हुन सकेको हो । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक ले हालै मात्र भारतको प्रतिष्ठित म्यागजिन “विजनेश कनेक्ट” द्धारा ग्राहक केन्दि«त बैंकको अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

महालक्ष्मीले अहिले १०० भन्दा धेरै शाखा, करिब ५० एटीएम तथा सयौं अनुभवी कर्मचारीहरुको सहायताले देशभरका ग्राहकहरुलाई उच्चस्तरीय बैंकिङ सेवा र वित्तीय समाधान प्रदान गरिरहेको छ ।

बैंकको नेतृत्व राम्रो शैक्षिक र व्यावसायिक पृष्ठभूमि भएका प्रमुख व्यक्तित्वहरुले गरिरहेका छन्, जसको कुशल व्यवस्थापनले बैंकलाई निरन्तर उन्नति र विस्तारको दिशामा अघि बढाइरहेको छ ।

यता, महालक्ष्मीले नवीनतम प्रविधिको प्रयोग गर्दै डिजिटल बैंकिङ सेवालाई सशक्त बनाएको छ, जसले ग्राहकहरुलाई छिटो, सुरक्षित र विश्वसनीय बैंकिङ अनुभव प्रदान गरेको छ ।

महालक्ष्मीको चुक्ता पूँजी करिब ४ अर्ब ३० करोड रुपैयाँ रहेको छ । पूँजीका हिसाबले यो विकास बैंक शीर्ष ५ भित्र पर्छ । जगेडा कोषका आधारमा बैंक चौथो स्थानमा छ । नाफा आर्जन गर्नेमा पनि बैंक शीर्ष ५ भित्र पर्छ । रिपोर्ट अनुसार महालक्ष्मीको धेरै सूचक विकास बैंक समूहको शीर्ष ५ औ स्थान भित्र परेको देखिएको छ ।

नेपालको वित्तीय क्षेत्रमा सञ्चालित महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत क्षमता बढाउनलाई मर्जरमा पनि गएको हो । जसले गर्दा  बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ र ग्राहकहरुलाई अझ धेरै सुविधाहरु प्रदान गर्न सक्षम भएको छ ।

लाभांश इतिहास

बैंकले गत वर्षको नाफाबाट ७ प्रतिशत लाभांश वितरण गरेको छ । यसले बोनस शेयर र नगद गरी कुल ७ प्रतिशत लाभांश दिएको हो । आर्थिक मन्दी र बढ्दो एनपीएलसँगै खराब कर्जाका कारण धेरै बैंक तथा वित्तीय संस्ताहरुले नाफा कमाउन सकेका छैनन् । त्यसमाथि विकास बैंकहरुको अवस्था झनै नाजुक छ । तर, महालक्ष्मीले भने शेयरधनीको हात खाली नगरेको अवस्था छ ।

पूँजी,जगेडा कोष र रिटेन्ड अर्निङ

महालक्ष्मी विकास बैंकको पूँजी ४ अर्ब २९ करोड ६४ लाख ५८ हजार रुपैयाँ पुगेको छ । यद्दपि, चालु आवको दोस्रो त्रैमासको वित्तीय रिपोर्ट अनुसार पूँजी ४ अर्ब १७ करोड १३ लाख रुपैयाँ रहेको छ । साधारण सभाबाट पूँजी वृद्धिको प्रस्ताव पास हुनु अघि नै दोस्रो त्रैमासको रिपोर्ट आएको हो । जसले गर्दा सोही अनुसार डाटा उपलब्ध छ ।

यता, २०७७-७८ मा यस बैंकको ३ अर्ब ३४ करोड २४ लाख रुपैयाँ थियो । रिटेन्ड अर्निङ २१ करोड ९४ करोड रुपैयाँ रहेको छ । जगेडा कोषको आकार भने लगातार जस्तो बढेको छ । २०७७-७८ मा १ अर्ब ५३ करोड रुपैयाँ रहेको जगेडा कोषको आकार बढेर २ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । तथ्यांक अनुसार हरेक वर्ष यस बैंकको रिजर्भ बढेको छ ।

कर्जा र निक्षेप

यस बैंकले ५३ अर्ब २४ करोड ६५ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४१ अर्ब ६७ करोड कर्जा परिचालन गरेको छ । पछिल्ला वर्षहरुको तथ्यांक अनुसार बैंकको निक्षेप संकलन र कर्जा विस्तार आक्रामक बढेको छ । २०७७-७८ मा ३८ अर्ब ६८ करोड रहेको निक्षेप अहिले ५० अर्ब माथि छ । कर्जा पनि ३० अर्बबाट बढेर ४१ अर्ब पुगेको हो ।

आर्थिक वर्ष २०७९/८० को पहिलो र दोस्रो त्रैमासमा बजारमा तरलता अभावको कारणले बैंक तथा वित्तीय संस्थाहरुलाई हम्मे हम्मे पारेको समयमा समेत महालक्ष्मी विकास बैंकले १५  प्रतिशत भन्दा बढी निक्षेपको वृद्धिदर कायम गरेको थियो ।

नाफा

चालु आवको दोस्रो त्रैमासमा यस बैंकले २८ करोड ७४ लाख खुद नाफा कमाएको छ । गत वर्षको अन्तिम त्रैमासमा यस बैंकले ५० करोड नाफा कमाएको देखिएको छ । यो अघिल्लो वर्षको ३७ करोड ७५ लाख रुपैयाँ भन्दा धेरै हो ।

यता, खुद ब्याज आम्दानी पनि पछिल्ला वर्षहरुमा लगातार जस्तो बढेको देखिएको छ । ६ महिनामा यस बैंकले १ अर्ब १ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

प्रतिशेयर आम्दानी र प्रतिशेयर आम्दानी

पुससम्म आइपुग्दा यस बैंकको इपीएस १३.७८ रुपैयाँ छ । नेटवर्थ भने १६५.३५ रुपैयाँ रहेको छ । गत वर्षको असारसम्म यस बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ कायम भएको थियो । महालक्ष्मीको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ भन्दा धेरै छ ।

महालक्ष्मी विकास बैंकले नेपालको वित्तीय क्षेत्रमा ठूलो योगदान दिँदै आएको छ । बैंकले ग्राहकहरुलाई विश्वसनीय र सुलभ वित्तीय सेवाहरु प्रदान गर्दै आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।

साथै, सामाजिक उत्तरदायित्वलाई आफ्नो मूलभूत मूल्यको रुपमा अवलम्बन गर्दै महालक्ष्मीले समाज र समुदायको उत्थानमा सक्रिय रुपमा संलग्न छ । बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माणरसुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु समेत सञ्चालन  गदै आएको छ ।

हालैमात्र ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका देशै भरी रहेको सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, ¥याली तथा सचेतनाका कार्यक्रमहरु सम्पन्न गरेको छ ।

समग्रमा बैंकले आधुनिक बैंकिङ प्रणाली, नवीन सेवा र सशक्त वित्तीय संरचनाका माध्यमबाट देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ । शेयरधनीलाई राम्रो प्रतिफल, ग्राहक सन्तुष्टि र समाजप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राख्दै बैंकले निकट भविष्यमा अझ उच्च प्रगति र विस्तार हासिल गर्ने दृढ लक्ष्य लिएको छ ।