काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको छ। बुधबार कम्पनीको कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सर्वसाधारण समूहको २२ लाख ५० हजार कित्ता र संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीको ओपनिङ रेन्ज १००.८६ रूपैयाँदेखि ३०२.५८ रुपैयाँ सम्म तोकेको छ। यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ। कम्पनीको आज सूचीकृत भएको सेयर बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ।








