काठमडौं । मुक्तिनाथ फुड बैंक लिमिटेडले वैशाख १७ गतेका लागि विशेष साधारणसभा आह्वान गरेको छ।
साधारणसभामा कम्पनीको अधिकृत पूंजी जारी पूंजी र चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने, र कम्पनीको हाल कायम चुक्ता पूँजीको १ शेयर बराबर २४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पेश हुने भएको छ । त्यस्तै कम्पनीको प्रबन्धपत्र र नियमावलीको प्रस्तावित बुँदाहरुमा संसोधन गर्ने प्रस्ताव पेश हुने छ।
साथै प्रबन्धपत्र र नियमावलीको बुँदाहरुमा हुने संसोधनमा नियामक निकायबाट आवश्यक हेरफेर र संसोधनको लागि सुझाव प्राप्त भएमा सोहि बमोजिम संसोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुने भएको छ ।