काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध परेको रिट आज हेर्न नमिल्नेमा परेको छ । ओझाले झुठो विवरण पेश गरेर मन्त्रिपरिषद्लाई नै झुक्याएर नियुक्ती लिएको भन्दै उनीविरुद्ध रिट परेको थियो ।

आज बसेको इजालास नं ८ का न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा ज नम्बरमा परेको थियो । आजको पेशीमा बहस गर्ने अधिवक्ता र न्यायाधीशका बीचमा मुद्दाको सुनुवाई गर्न नमिल्ने भएपछि अर्को दिनका लागि सरेको हो ।