काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलनतर शिक्षक र सरकारबीच सहमति भएको छ । आज (बुधबार) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयमा भएको वार्तामा सहमति जुटेको हो ।
आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ । सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि शिक्षामन्त्री रजुजी पन्तले निर्णयहरू सार्वजनिक गरेका हुन्।
सहमति कार्यान्वयन गर्न ८ अर्ब थप दायित्व थपिएको शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालय र शिक्षकहरूबिच भएको सहमित स्वीकृत गरेको हो।
विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने विषयमा सहमति भएको छ ।







