काठमाडौँ । चालु आर्थिक वर्षको चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ५८ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका ११ वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीले २४ लाख ६८ हजार २१९ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर उक्त रकम संकलन गरेका हुन् ।
चैत महिनामा मात्रै भने जीवन बीमा कम्पनीहरूले ३ हजार ६० बीमालेखबाट ७ लाख २६ हजार रुपैयाँ संकलन भएको छ। उक्त रकम संकलन भएको हो। चालु आर्थिक वर्षको नौ महीनामा सबैभन्दा धेरै वैदेशिक रोजगार बीमालेख सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।
कुल वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपाल लाइफ एक्लैको हिस्सा ३८.०९ प्रतिशत रहेको छ। यस अवधिमा कम्पनीमा ८ लाख ७९ हजार ८२९ वटा बीमालेख जारी भएका छन्। सन नेपाल लाइफ इन्स्योरेन्सले ९८ करोड ५५ लाख बीमाशुल्क संकलन गरेको छ।
वैदेशिक रोजगार बीमा व्यवसाय गर्ने कम्पनीहरू मध्ये दोस्रो स्थानमा एसियन लाइफ रहेको छ। एसियन लाइफले २ लाख ३३ हजार ८४२ बीमालेख बिक्री गरेर ६७ करोड ४७ लाख रुपैयाँ कुल बीमशुल्क आर्जन गरेको छ। साथै, सबैभन्दा धेरै वैदेशिक रोजगार बीमा शुल्क संकलन गर्ने कम्पनीको दोस्रो सूचिमा नेपाल लाइफ रहेको छ। चैतसम्म कम्पनीले १८ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
त्यस्तै चैतसम्मको अवधिमा आइएमई लाइफले १७ करोड ६९ लाख रुपैयाँ, नेसनल लाइफले १५ करोड २६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १२ करोड ८६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८ करोड ६८ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ७ करोड ९५ लाख रुपैयाँ, सिटिजन लाइफले ७ करोड ७५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ करोड १ लाख रुपैयाँ र हिमालयन लाइफले ५७ लाख ३६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
लघु जीवन बीमातर्फ वैदेशिक रोजगार बीमालेख बिक्री गरेर लिबर्टी माइक्रो लाइफले ४० लाख ८३ हजार रुपैयाँ, गार्डियन माइक्रो लाइफले ३१ लाख ७५ हजार रुपैयाँ र क्रेस्ट माइक्रो लाइफले ४ लाख ९६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरूले १ खर्ब २६ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरूले यस अवधिसम्ममा १ करोड ३५ लाख ३९ हजार ५१० वटा बीमा लेख गरी १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
नौ महिनाको अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३३ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल लाइफले १९ लाख ६० हजार ५३४ बिमालेख बिक्रीबाट उक्त रकम संकलन गरेको हो ।
नौ महिनाको अवधिमा नेशनल लाइफले १५ अर्ब ६४ करोड रुपैयाँ, एलआइसी नेपालले १४ अर्ब ३ करोड रुपैयाँ, हिमालयन लाइफले १२ अर्ब ५९ करोड रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
यस अवधिमा सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड रुपैयाँ संकलन गरेको छ भने एशियन लाइफले ६ अर्ब ४६ करोड रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ८ करोड रुपैयाँ, ,सानिमा रिलायन्स लाइफले ४ अर्ब ८४ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ४४ करोड रुपैयाँ, आइएमई लाइफले ३ अर्ब ७७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यस्तै चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा सन नेपाल लाइफले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
बीमा प्राधिकरणले चालु आवको नौ महिनाको अवधिको ८५ करोड ५६ लाख ९६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । ३ वटा (गार्डियन, क्रेस्ट र लिबर्टी) लघु जीवन बीमा कम्पनीहरूले उक्त रकम संकलन गरेका हुन् ।







