काठमाडौँ । आज नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८१/८२ को ९ महिनाको तथ्यांकलाइ आधार मानेर देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार आयात १२.२ प्रतिशतले र निर्यात ६५.२ प्रतिशतले बढेको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०० प्रतिशतले र अमेरिकी डलरमा ७३ प्रतिशतले बढेको छ। त्यस्तै, शोधनान्तर स्थिति ३४६ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
यता, वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ६३ करोड पुगेको विवरणमा उल्लेख छ।
त्यस्तै, नेपाल सरकारको खर्च ९९८ अर्ब ५२ करोड र राजस्व परिचालन ८३१ अर्ब ४० करोड रहेको छ भने विस्तृत मुद्रा प्रदाय ६.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय ११.६ प्रतिशतले वृद्धि भएको छ भने बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ५.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ ।







