काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनी २ अर्ब ६ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ ।
गत वर्षको यस अवधिमा कम्पनी १ अर्ब ३९ करोड रुपैयाँ घाटामा थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी ६ अर्ब ५३ करोडबाट घटेर ४ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । त्यसैले नोक्सानी बढेको हो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वित्तीय खर्च ४ अर्ब ६९ करोडबाट घटेर ४ अर्ब ६ करोड रुपैयाँमा झरेको छ । यसको अन्य आम्दानी ९७ करोड ९६ लाख रुपैयाँ देखिएको छ ।
२१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ १२ अर्ब १८ करोड रुपैयाँले ऋणात्मक छ । कम्पनीको इपीएस ९.७६ रुपैयाँ नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ ४६.७९ रुपैयाँ छ ।







