काठमाडौँ। साताको अन्तिम कारोबारका दिन शेयर बजारमा ७.३७ अकंले गिरावट आएको छ । यो गिरावटसँगै लगातार पाँचौँ दिन शेयर बजार ओरालो लागेको हो।

देशमा देखिएको अस्थिर राजनीति र गभर्नर नियुक्तिमा आएको किचलोका कारण लगानीकर्ताको मनोबल कमजोर बन्दै जाँदा शेयर बजारमा गिरावट आएको हो । अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिएका छन् ।

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३७ अकंले घटेर २६१२.८९ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ७४ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ।

आज विकास बैंकको शेयर सर्वाधिक घटेको छ । कम्पनीको शेयर २.२१ प्रतिशतले घटेको हो । साथै, बैंकिङ समूहको ०.१९ प्रतिशत, फाइनान्स समूहको ०.६९ प्रतिशतले शेयर मूल्य घटेको छ। आज , ८२ कम्पनीको शेयर मूल्य घट्दा १६४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज घटेको बजारमा सबैभन्दा बढी सोल्टी होटलको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ४६ करोड १९ लाख १५ हजार रुपैया बराबरको कारोबार भएको छ ।

राधी विद्युत कम्पनीको ४४ करोड १७ लाख २ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्रीसँगै कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको छ ।

साथै, युनिभर्सल पावर कम्पनीको ३३ करोड ४५ लाख ९८ हजार रुपैंया, ङादी ग्रुप पावरको ३२ करोड ३६ लाख ४२ हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको २७ करोड ७ लाख ५४ हजार रुपैयाँको कारोबार भएको हो ।