काठमाडौँ । नेपाल धितो पत्र बोर्डले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई १ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल १० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो। जसमध्ये ४० करोड रुपैयाँको ४ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने बाँकी रहेको ६० करोड रुपैयाँको ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ।
शाइन रेसुंगाले वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘शाइन रेसुंगा डेभलपमेन्ट बैंक डिबेन्चर, २०९१’ बिक्री गर्न लागेको हो । यसको अवधि १० वर्षको हुनेछ । यो डिबेन्चरमा एनआइएमबी एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।







