काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपोको शिल्यानास भएको छ । नेपाल आयल निगमले पोखरा विमानस्थलमा ३६०० किलोलिटर क्षमताको हवाई इन्धन डिपोको शिल्यानास गरेको हाे ।
उक्त डिपो निर्माणको शिलान्यास उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका हुन् । शिलान्यास कार्यक्रममा निगम सचालक समिति अध्यक्ष मधु मरासिनी र आयल निगमका कार्यकारी निर्देशक उमेश थानीको उपस्थिति रहेको थियो ।
विमानस्थल सञ्चालनमा आएपछि निगमले विमानस्थलमा करिब ७७ करोड रूपैयाँ खर्चिएर हवाई इन्धन डिपो निर्माण गर्न लागेको हो । अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भए पनि हवाई इन्धन भण्डारण डिपो थिएन ।
विमानस्थल परिसरभित्र डिपो नहुँदा पोखराको घरेलु विमानस्थलबाट रिफ्युलर ल्याएर जहाजमा इन्धन भर्ने गरिएको छ । हवाई इन्धन डिपो निर्माण गर्न निगमले नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग पोखरा विमानस्थलमा रहेको जग्गा लिजमा लिएको हो ।
३६०० किलोलिटर अर्थात् ३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्यांकहरु निर्माण गरिने योजना रहेको निगमले जनाएको छ । जसमा १२०० किलोलिटर अर्थात १२ लाख लिटरका तीन वटा ट्यांक रहेका छन् ।
निगमको अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, भद्रपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीमा इन्धन डिपो छ ।