काठमाडौँ । काठमाडौँको टोखामा गोली चल्दा दुई जना प्रहरी घाइते भएका छन् ।
मङ्गलवार दिउँसो ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा प्रहरीतर्फबाट गोली चलाइएको हो ।
लागु औषध कारोबारीलाई नियन्त्रणमा लिनका निम्ति गोली चलाइएको नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् ।
उक्त घटनामा दुई जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिँदै छ । घाइतेको नाम भने खुल्न सकेको छैन ।







