काठमाडौँ । आज बिहान भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा हेलिकप्टर दुर्घटना भएको छ । उक्त दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना हुँदा हेलिकप्टरमा सवार ५ जनाको मृत्यु भएको बताइएको छ।

मृत्यु हुनेमा एक बच्चा पनि छन्। देहरादूनबाट केदारनाथ जाँदै गर्दा दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हो। खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार हेलिकप्टर नोडल अधिकारी राहुल चौबे र जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले नेपाली मूलका महिलाहरूले दुर्घटनाको बारेमा रिपोर्ट गरेको जानकारी दिए।

दुर्घटनाको समयमा, उनीहरू गौरीकुण्डमाथि घाँस काटिरहेका थिए र उनीहरूले दुर्घटना देखेपछि तुरुन्तै प्रहरीलाई फोनमार्फत जानकारी गराएका थिए।