बुटवल । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले शुल्क वृद्धि गरेको विरोधमा विप्लव निकट अखिल क्रान्तिकारीले सीटीईभीटी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ ।

क्रान्तिकारीले बुटवल तामनगरस्थित सीटीईभीटी प्रदेश कार्यालय प्रमुख गोपाल आचार्यको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

सीटीईभीटीले पीसीएल नर्सिङमा ३२ प्रतिशत,एचएमा २८ प्रतिशत शुल्क बृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले तत्काल शुल्क वृद्धि फिर्ताको माग गर्दै ज्ञापनपत्र समेत बुझाएको छ ।