काठमाडौँ । आगामी मौद्रिक नीतिले पुँजी बजारलाई चलायमान बनाउनु आवश्यक रहेको नेपाली काँग्रेसका सांसद विनोद चौधरीले बताएका छन् । बुधवार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसद चौधरीले यस्तो बताएका हुन् ।
कसिलो नीतिले सर्वसाधारण समस्यामा परेको भन्दै उनले भने– ‘क्यापिटल मार्केटलाई रिभाइभ गर्नुपर्छ । यस क्षेत्रको कसिलो नीतिले समस्या निम्त्याएको छ ।’
साथै, पुँजी बजारलाई पुनः संरचना पनि गर्नुपर्ने सांसद चौधरीको धारणा छ । उनले रेमिट्यान्सबाट आएको रकम बजारमा अहिले नआएको भन्दै सीमित व्यवसायीले मात्रै बैंकको कर्जा प्रयोग गरे भन्ने आरोप सत्य नभएको बताए।
सांसद चौधरी मौद्रिक नीतिमा साना उद्यम र स्टार्टअप उद्यममा कसरी कर्जा बढाउने भन्ने विषयलाई प्राथमिकता दिनु आवश्यक रहेको बताए ।







