काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको बिवरण अनुसार ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा १७.३७ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस अवधिसम्म कम्पनीले ६८ अर्ब ३० करोड रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको कुल आम्दानी ५९ अर्ब १७ करोड रहेको थियो । कम्पनीको कुल खर्च १५.९९ प्रतिशतले बढेको छ । कम्पनीले यो अवधिसम्म ६४ अर्ब २० करोड कुल खर्च गरेको छ ।
समिक्षा अवधिमा कम्पनीले ४७ अर्ब ६६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो आर्जन अघिल्लो आवमा भन्दा १८.८४ प्रतिशतले बढी हो। कम्पनीले अघिल्लो आवमा ४० अर्ब ११ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले ५७ अर्ब ३२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १५.८९ प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा कम्पनीले रिटेन्ड अर्निङमा १ अर्ब ३२ करोड रुपैयाँ सञ्चित गरेको छ । त्यस्तै कम्पनीको महाविपत्ती कोषको आकार १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।
यस अवधिसम्म कम्पनीले ७ लाख ७४ हजार ३५१७ वटा बीमा पोलिसी जारी गरेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १०.४२ रुपैयाँ रहेको ईपीएस ६.६८रुपैयाँ, पीई अनुपात ११५.६८ गुणा ,प्रतिसेयर नेटवर्थ १३६।७५ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ७९३ रुपैयाँ पुगेको छ।







