काठमाडौँ । आज आइतबारका दिन नेपाल राष्ट्र बैङ्कले ५० अर्ब बराबर तरलता खिच्ने भएको छ। बैंक तथा वित्तीय संस्थामा तरलता बढेसँगै व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैङ्कले २१ दिनका लागि उक्त रकम तान्न लागेको हो ।
राष्ट्र बैङ्कले सूचना जारी गरेर यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने जानकारी दिएको छ। निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।
भदौ २९ साँवा तथा ब्याज भुक्तानी हुने निक्षेप संकलनको उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्।






