काठमाडौं । सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन भारी अंकले बढेको शेयर बजार आज २६.६६ अंकले घटेर २२००.५० को बिन्दुमा कायम भएको छ ।

आज ५० कम्पनकिो शेयर मुल्यमा बृद्धि हुँदा १६३ कम्पनकिो शेयर मुल्य घटेको छ ।

आज २६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको २५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको १९ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रभु बैंकको १५ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

शेयर बजार दोहोरो अंकले घटेतापनि आज किसान लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य ८७१ रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, सोमबार नेपाल रिइन्स्योरेन्स, बलेफी हाइड्रोपावर, बिपिडब्लु लघुवित्त, ग्लोबल आइएमई बैंक लगायत अन्य केही कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

शेयर बजार घटेसँगै एनआइबिएल ग्रोथ फण्डको शेयरमूल्य सर्वाधिक घटेको छ । त्यस्तै, आज लिबर्टी इनर्जी कम्पनी, बिसाल बजार कम्पनी, कर्पोरेट विकास बैंकको शेयरमूल्य घटेको छ ।