काठमाडौँ । काठमाडौँ स्थित पुतलीसडकमा माइक्रो बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।
पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिएको थियो। माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट ती बालिकालाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।







