काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने भोलि साउन १० गते अन्तिम दिन रहेको छ । कम्पनीले आफ्नो जारी पूँजी ४ अर्बको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड बराबरको प्रति शेयर अंकित मूल्य एक सय दरमा प्रिमियम बापत १५७ रुपैयाँ थप गरी प्रति कित्ता २५७ रुपैयाँमा आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले पहिलो चरणमा असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्काशन गगरेको हो । पहिलो चरणमा १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धीत निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहिरहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।