काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दरमखोला हाइड्रो इनर्जी लिमिटेडको शेयर सूचीकृत भएको छ । आज कार्तिक १९ गते बुधबार कम्पनीको १ करोड ३ लाख ५ हजार कित्ता शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएलगतै कार्तिक २० गते बिहीबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। बिहीबारको स्पेसन प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १४२.८१ रुपैयाँदेखि ४२८.४३ रुपैयाँसम्मको रेन्ज तोकेको छ। उक्त रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर DHEL सिम्बलबाट कारोबार हुने भएको छ।

कम्पनीले गत साउन १५ देखि साउन १९ गतेसम्म आम सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई २४ लाख २३ हजार १ सय ८५ कित्ता शेयर निष्काशन गरेको थियो।

बागलुङको गलकोट नगरपालिका वडा नम्बर ११ मा ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना कम्पनीले निर्माण गरिसकेको छ।

कम्पनीको शेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।