काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ। तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले ८४ दिन अवधिका लागि अल्पकालीन निक्षेप संकलन प्रक्रिया सुरु गर्न लागेको हो।
राष्ट्र बैंकले पछिल्लो समयमा आइतबार र बुधबार नियमित रूपमा बजारबाट तरलता प्रसोचन गर्दै आएको छ । सोही क्रमअनुसार आज पनि अनलाइन बिडिङ प्रणालीमार्फत मध्यान्ह ३ बजेदेखि बोलकबोल गर्न सकिने व्यवस्था मिलाइएको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम सीमामा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्। यस निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी माघ २८ गते हुनेछ।
निक्षेप संकलन प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागी हुन सक्ने व्यवस्था रहेको छ।






