काठमाडौं। सिद्धार्थ केवलकार लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २७ गते काठमाण्डौको तीनकुनेमा रहेको सिद्धार्थ कटेजमा दिनको २ बजेर ४५ मिनेतटमा सभा सुरु गर्ने निर्णय गरेको हो ।

उक्त सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, आईपीओ निष्कासनपश्चात प्राप्त हुने सेयरपूँजीको उपयोग गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सो बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।