काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला संख्यामा कर्मचारी माग गरेको छ। बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीको सहायकसम्म गरी ७६ जनाबाट दरखास्त आह्वान गरेको हो।

बैंकले सहायक निर्देशक (अर्थशास्त्र) र (व्यवस्थापन) पदमा १/१ जना, सहायक निर्देशक पदमान ३९ जना, सहायक निर्देशक (लेखारलेखापरीक्षण) पदमा १० जना, सहायक निर्देशक (वाणिज्य कानून) पदमा ४ जना र सहायक पदमा २१ जना माग गरेको हो।

इच्छुक व्यक्तिले पुस १० गतेसम्म र दोब्बर दस्तूर तिरेर पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन्।