काठमाडौं । आज सेयर बजार बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ७० अंकले बढेर २६ सय २५.७० को विन्दुमा कायम भएको छ । पछिल्लो केहि दिनयता निरन्तर खुम्चिएको सेयर बजार पछिल्ला तीन कारोबारको दिन सुधारको संकेत देखाएको छ । बजार विगत केही समयदेखि सामान्य सुधार तर्फ लम्कि रहेको छ भने लगानीकर्ताहरुले सकारात्मक यात्रा तर्फ फर्कने आशामा रहेका छन् ।
यसदिन ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँको कारोबार भएको हो । यसअघि मंगलबार ३ अर्ब २९ करोडको सेयर कारोबार भएको थियो । यसदिन १० उपसूचक हरियाली आएको छ भने ३ उपसूचक घटेको छ ।

आज १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै युनियन हाइड्रोपावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै, दोस्रोमा मञ्जुश्री फाइनान्सको १३ करोड ७६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ११ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एसवाई प्यानलका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् ।








