काठमाडौं । सोमबार मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले देशव्यापी आन्दोलन गर्ने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै समूहले आन्दोलनमा सडकमा रहेका सबै जेनजी अभियन्ता, घाइते तथा सहिद परिवारलाई समेटेर लैजाने योजना रहेको जानकारी गराएको हो ।
आन्दोलनको मुख्य उद्देश्य जेनजी समुदायको अधिकार र न्याय सुनिश्चित गर्नु रहेको समूहका नेताहरूले बताएका छन् । ढुंगाना नेतृत्वको समूहसँगै देशका अन्य ३० भन्दा बढी जेनजी समूह पनि यस आन्दोलनमा सहभागी हुने जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।
जेनजी अभियन्ता ढुंगानाले आन्दोलन शान्तिपूर्ण रहने जानकारी दिए। उनका अनुसार आन्दोलन माइतीघरबाट बिहान ११ बजेबाट सुरू हुनेछ। ‘आन्दोलन शान्तिपूर्ण तरिकाले हुन्छ। सुक्षाको जिम्मा सरकारले लिनुपर्छु’ उनले भने।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्म बुझ्न नसकेको बताउँदै उनले सरकारको विकल्प आवश्यक रहेको बताए। सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलनको तयारी गरेको उनले जानकारी दिए। त्यसका लागि सबै जेनजी समूह एकतावद्ध भइसकेको उनको भनाइ छ।







