काठमाडौँ। काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले प्रक्राउ छ। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
रिजाल जेनजी आन्दोलनताका काठमाडौंका सीडीओको जिम्मेवारीमा थिए। भदौ २३ र २४ गते भएको उक्त प्रदर्शनका क्रममा बल प्रयोग गरी दमन गरेको आरोप उनीमाथि लगाइएको छ ।
आन्दोलनपछि भएको घटनाक्रमका कारण उनी एक महिनाभित्रै सीडीओ पदबाट हटाइएका थिए। गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको छानबिन समितिले उनीविरुद्ध कारबाही गर्न सिफारिस गरेको थियो ।
उक्त सिफारिसकै आधारमा यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।







