काठमाडौं। ह्याण्डलूम फैब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्र, खोपासी, काभ्रेपलाञ्चोकको संयुक्त पहलमा राष्ट्रिय रेशम सम्मेलन – २०८२ काठमाडौंमा आयोजना हुने भएको छ।

यही पुष २६ गते हुने सम्मेलनले नेपालमा रेशम उद्योगलाई रणनीतिक, उच्च मूल्य भएको र दिगो राष्ट्रिय क्षेत्रको रूपमा पुनःस्थापना गर्ने लक्ष्य राखेको छ। यसका लागि सरकार, निजी क्षेत्र, बैंक, लगानीकर्ता, विकास साझेदार, किसान र निर्यातकर्तालाई एउटै राष्ट्रिय प्लेटफर्ममा ल्याइनेछ।

ह्याण्डलूम फैब्रिक्स मेकर्स अफ नेपालका अध्यक्ष रोशन कुमार पोखरेलले आज पत्रकार सम्मेलनमा बताएका छन्, “नेपालमा आज रेशम उद्योग काम सञ्चालनमा छैन । यो क्षमता अभावका कारण होइन, बरु लामो समयदेखि बेवास्ता, विखण्डन र लगानीकको कमीका कारण हो। रेशम खेतीले ग्रामीण रोजगारी, युवाहरू र महिला नेतृत्वको आम्दानी, आयात प्रतिस्थापनमा रणनीतिक समाधान दिन सक्छ।”

उनले नेपालमा रेशम खेतीको प्रयाप्त सम्भावना रहेकाले चुनौतीको सामना गर्दै अगाडी बढ्न सम्पुर्ण सरोकारवालाहरुलाई आग्रह पनि गरे ।