काठमाडौँ । सुपरमाई हाईड्रोपावर लिमिटेडले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन परेको रहेको छ ।
सुपरमाई हाईड्रोपावरले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्न आज नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरू मात्र योग्य हुनेछन्। कम्पनीले फागुन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ।
बुक क्लोजअघिसम्म कायम सेयरधनीहरूले मात्र २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ५९ लाख २७ हजार ९७७ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश प्राप्त गर्ने र वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन्।







