काठमाण्डौ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचन परिणाम अनुसार खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत मात्रै प्राप्त गरे।
यसैगरी नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत पाएका छन्। अन्य उम्मेदवारतर्फ नेपाली कम्युनिस्ट पार्टीका मीनबहादुर कुँवरले ९ हजार ७५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका शैलेसकुमार सिंहले ९ हजार २६३ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा माओवादी ९विप्लव० का भरत मल्लले ५०४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठाराले ४०५ तथा नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत प्राप्त गरेका छन्।







